नेपाल सरकारको मिति २०७५।०३। ३२ को निर्णयानुसार प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका शैक्षिक नीति र कार्यक्रमहरुको कार्यान्वयनमा सहयोग गर्नका लागि प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत रहने गरी शिक्षा विकास निर्देशनालयको स्थापना गरिएको छ । अर्को ब्यवस्था नभएसम्म प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालय सञ्चालन भइरहेको भवनको दुइवटा कोठामा सञ्चालन हुने गरी मिति २०७५ साल असोज १८ गते माननीय सामाजिक विकास मन्त्री सुदर्शन बरालज्यूबाट निर्देशनालयको विधिवत उद्घाटन गरी कार्यारम्भ गरिएकोमा त्यसको करिव दुई महिना पछि २०७५ साल मंसीर १९ गतेदेखि बुटवल उप महानगर पालिकको वडा नं १२ स्थित नयाँगाउ माध्यमिक विद्यालयको क्याम्पसको प्रयोजनार्थ निर्माण गरिएको भवनमा निर्देशनालय स्थानान्तर भइ कार्य सम्पादन गरिरहेको छ । शिक्षा विकास निर्देशनालयको कार्य विवरण देहाय बमोजिम रहेको छ : शिक्षासम्वन्धीराष्ट्रिय, अन्तराष्ट्रियएवं राष्ट्रसंघीय संझौता,घोषणा तथा प्रतिवद्धता अन्तर्गतका विभिन्न नीति, आयोजनाका साथै राष्ट्रिय अभियानका कार्यक्रमहरुलाई प्रदेशस्तरमा कार्यान्वयन गर्ने व्यवस्थामिलाउने । प्रदेश स्तरमा संचालन हुने दिगो विकासका…
पुरा पढ्नुहोस